आज आयरल्याण्ड 'ए' सँग खेल्दै नेपाल
काठमाडाैं | चैत १२, २०८०
आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ।
नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ।
त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ।
सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।
सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ।
त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी-२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

